४० वर्षीया महिलालाई १९ वर्षीय पुरुषले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

आइतबार, १९ माघ २०७६

काठमाडौँ -४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका(१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।