नेकपा बैठकमा विपद् जोखिम न्यूनीकरणबारे ‘विशेष प्रस्ताव’ पारित गर्न माग

आइतबार, १९ माघ २०७६

काठमाडौ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विपद व्यवस्थापन संगठनका इन्चार्ज र सहइन्चार्जले जारी केन्द्रीय समिति बैठकमा विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग गरेका छन् ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य समेत रहेका नेकपाका विपद व्यवस्थापन संगठनका इन्चार्ज डा।गंगालाल तुलाधर र सहइन्चार्ज सुर्य सुवेदी पथिकले बैठकमा लिखित माग राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।उनीहरुले नोवल कोरोना भइरसले महामारी र विपदको रुप नलिओस् भन्नाका लागि यस्तो प्रस्ताव गरिएको दावी गरेका छन् ।