सांसद सिलवालको प्रश्न : भारतीय नोट ‘भुटानले साट्न सक्ने तर हामीले किन नसक्ने ?

आइतबार, ३१ भाद्र २०७५

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक सांसदले भारतीय रुपैयाँ भुटानले साट्न सक्ने तर नेपालले किन नसक्ने भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाएका छन्। ललिपुरबाट निर्वाचिन सांसद नवराज सिलवालले पाँच सय र हजारको भारतीय नोटहरु नेपाली बैंकमा हुदाँ पनि साट्न नसकिएको तर्फ ध्यानाकर्षण गराउँदै उनले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘भुटानले साट्न सक्ने तर हामीले किन नसक्ने? सरकार र भारतका बीचमा सम्बन्ध बिग्रेको हो,’ सिलवालले सदनमा भने, ‘ यसले जनतासँग सम्बन्ध राम्रो बनाउँदैन।’ सांसद टेकबहादुर बस्नेतले २०११ सालमा स्थापित दाङको विमानस्थल किन प्रयोग नभएको भन्दै जानकारी माग गरे। त्यस्तै, सांसद तेजुलाल चौधरीले सप्तरीमा महामारीको रुपमा हङकङ र स्वाइन फ्लुु फैलिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहररूले बलात्कार ,शान्ति सुरक्षा र अन्य विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।