एक्यानमा चुनावी सरगर्मी बढ्दो, अध्यक्षमा दीपक पाण्डेको पल्ला भारी

सोमबार, २० माघ २०७६

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)मा चुनावी सरगर्मी बढेको छ । आगामी फागुन १० हुने निर्वाचनका लागि आ–आफ्नो तर्फबाट भोट माग्दै विभिन्न खालमा मिटिङहरु भइरहेका छन् ।

आगामी निर्वाचनका लागि एक्यानका अध्यक्ष आनन्द वाग्ले र उपाध्यक्ष दीपक पाण्डेबीचमा कडा प्रतिशपर्दा हुने देखिएको छ । उनीहरुले आ–आफ्नो प्यानलसहित चुनाबी मैदानमा होमिने तयारी गरिरहेको बुझिएको छ । अध्यक्ष प्रत्यसी वाग्ले र पाण्डे दुवै जना उम्मेदवारहरु भेटघाट, समूहगत छलफलमा व्यस्त हुन थालेका छन् ।

यो कार्यकालमा चार्टर एकाउन्टेन्टस्को पक्षमा एक्यानले सोचेजस्ता कामहरु गर्न नसकेको भन्दै अधिकाँस सदस्यहरु वाग्लेसँग रुष्ठ देखिएका छन् । नयाँ जोसका साथ व्यवसायीक हितमा काम गर्ने खालको टिम खोजिरहेको एक्यानियनहरुले उपाध्यक्ष पाण्डेलाई रोज्नसक्ने सम्भावना बलियो रहेको बुझिएको छ ।

असन्तुष्ट पक्षहरुलाई साथमा लिएर आगामी निर्वाचनमा उनीहरुकै एजेण्ड उठाएर निर्वाचन लडेको खण्डमा पाण्डेले बाजि मार्ने सम्भावना रहेको एक चार्टड एकाउन्टेन्ट्सको भनाई छ ।