पत्रकार कमल बुढालाई ज्यान मार्ने धम्की
भदौ ३१, काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य पत्रकार कमल बुढालाई ज्यान मार्ने धम्की दिएको छ। ९८६२५९७०७८ नम्बरको मोबाइलबाट अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको हो ।
‘तेरो हत्या गर्ने योजना तयार भइसकेको छ, भन अब कहाँ कति खेर मारौ ।’ भन्दै फोनमा ज्यान लिने धम्की दिएको पत्रकार बुढाले जानकारी दिए । पछिल्लो समय क्रान्तिकारी पत्रकार संगठन भित्र तिब्र अन्तरविरोध देखिएको छ। दुबै पक्ष बीच आरोप र प्रत्याआरोप र निष्काशनको क्रम चलिरएको बेला यस्तो धम्की आउनुलाई संयोग मात्र मान्न सकिन्छ।