निर्मलालाई न्यायको माग गर्दै नेपाल विद्यार्थी संघद्वारा काठमाडौँमा प्रदर्शन

सोमबार, १ असोज २०७५

असोज १, काठमाडौँ –  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको  न्याय माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग राख्दै नेविसंघले काठमाडौँको प्रदर्शनीमार्गमा जुलुस निकालेको हो ।

नेविसंघ विश्वभाषा क्याम्पस इकाईको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुले निर्मलालाई न्याय दे, शान्ति सुरक्षा कायम गर, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए ।