अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकप्रति प्याब्सनको आपत्ति, तत्काल सम्वोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने चेतावनी

सोमबार, १ असोज २०७५

असोज १, काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संसदबाट पारित अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै संशोधन गर्न माग गरेको छ ।

प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त विधेयकप्रति सात बुँदे असहमति सार्वजनिक गर्दै ती विषयहरु तत्काल सम्वोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । अध्यक्ष विजय सम्बाहाम्फेले विधेयक तत्काल संशोधन नभए विद्यालय सदाका लागि बन्द गर्न आफूहरु बाध्य हुने बताए । प्रतिनिधिसभाबाट पारित सो विधेयकले निजी क्षेत्रलाई मारमा पार्ने प्याब्सनको बुझाइ छ ।

यस्ता छन् प्याब्सनका माग–