कांग्रेस भन्यो : हामीले बनाएको संविधान नेकपाले कार्यान्वयन गरेन (विज्ञप्तिसहित)
असोज ३, काठमाडौं – संविधान दिवसको अवसरमा नेपाली कांग्रेसले ११ बुँदाका विभिन्न असहमति सहित शुभकामना दिएको छ । तेस्रो संविधान दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले आफ्नो नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा सरकार उदासिन देखिएको बताएको छ ।
प्रस्तुत छ पत्रकार सम्मेलन मार्फत कांग्रेसले पेश गरेका सुझाव तथा शुभकामनाका बुँदा
१. संघियता सहितको संविधान बन्यो र निर्वाचन मार्फत प्रदेश सरकार गठन भयो तर संघियतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेको छैन ।
२. दुईवटा वाहेक अन्य प्रदेशको नामाकरण समेत हुन सकेको छैन ।
३. प्रदेश राजधानीहरुको अन्तिम टुङ्गोले गम्भिरता पूर्वक विषय प्रवेश समेत पाएको छैन । ४. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघिय सरकारले ढिलाई गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघियतालाई अलोकपृय बनाउने डिजाईनलाई बल पुगेको छ ।
५. संघिय सरकार र प्रदेश सरकार विच सहज तादाम्यता स्थापित नगरीएका कारण केन्द्र र प्रदेश विचको द्वन्द सार्वजनिक भेलाहरु मार्फत नै प्रकट हुँदै गएको छ र त्यसले नकारात्मक प्रभाव बढाएको छ । संविधानप्रति अपनत्व विस्तारमा चुकेको छ सरकार
६. संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि वर्तमान सरकारको नेतृत्वले अन्तत संशोधन आवश्यक ठहर त ग¥यो तर सत्ताको बाग्र्रेनिङ चिप्सका रुपमा प्रयोग गरेर अन्तत त्यसलाई अघि बढाएन । परिणाममा अपनत्व विस्तारको विषय अझै अधुरो छ ।
७. परिणाममा सरकारमा रहेका केहिले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइ रहेकोछ । यस्तो स्थिति बन्नु बर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ । संविधान पालनामा सरकार चुक्यो
८. संविधान पालनाको पहिलो कर्तव्य सरकारको हो तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारीता नरहेको गम्भीर उदाहरण हो । संविधान अनुरुप लोकतान्त्रिक चरित्र भएन
९. प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निसेधाज्ञा, टिभि प्रस्तोतालाई कारवाही, कयौ सरकारी समाचार संस्थाबाट पत्रकारको विदाई, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी यी यस्ता उदाहरण हुन् जसले पुष्टि गर्छ, लोकतान्त्रिक प्रकृयाबाट नयाँ सरकार त बन्यो तर सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन । संविधान सफलताका लागि शान्ति सुरक्षाको प्रश्न
१०. संविधान र सरकारसँग नागरीकको मुख्य अपेक्षा सदैव शान्ति सुरक्षा र समृद्धि हुन्छ । शान्ति सुरक्षाको प्रभावकारी बन्दोवस्तले संविधानको सफलतालाई एकातर्फ सघाउँछ भने अर्कोतर्फ समृृद्धिको यात्रालाई बल पु¥याउँछ । तर यो सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै विग्रीएर गएको छ र सरकार सवैभन्दा वढी असफल यो प्रकरणमा भएको छ ।
११. निर्मला पन्तको प्रकरण अनेक कोणवाट कालो धब्बा बन्न पुगेको छ । दोषिलाई जोगाउन र निर्दोशलाई दोषि करार गर्न खोज्ने, न्याय माग्दा गोलि चलाउने र अर्को बालक मारिने । ‘निर्मलालाई न्याय’ नाराका साथ देशको १९ स्थानमा जन प्रदर्शन भइरहेकै दिन सम्माननीय प्रधानमन्त्रीको कार्यकर्तालाई अरिगांल झै जाईलाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ? यो शैलिले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ? नेपाली कांग्रेस संविधान दिवसको यो दिन संविधानको सफलताका लागि गम्भीर बन्न सवैमा अपिल गर्दै यहि संविधान मार्फत मुलुकको समग्र प्रगतिका लागि समर्पित भावले एैक्यवद्ध हुन सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।