गाईको मृत्युपछि मानिसको झै अन्तिम सँस्कार

बिहिबार, ४ असोज २०७५

असोज ४, पाल्पा – करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गाइ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ । मानिसको मृत्यु जस्तै गरी मृत गाइको विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइमा अन्तिम संस्कार गरिएको हो ।

समाचारका अनुसार घाइते गाइको पशु चिकित्सकको निगरानीमा उपचार गर्दागर्दै मृत्यु भएपछि मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।