प्रेरक प्रसंग : अरुको बारे नराम्रो सोच्दा आफैलाई हानी हुन्छ
काठमाडौं – एकजना मान्छे राजाको दरवारमा मोदीको (दालचामल ढुवानी गने) काम गथ्यो । तर त्यो निकै स्वार्थी थियो । परोपकारको काम त के, ऊ कसैलाई सपनामासमेत सहयोग नगर्ने खालको थियो ।
त्यसैले उसलाई राज्यका सबै मन्त्री, भारदारहरु कसैले पनि रुचाउँथेनन् । उनीहरु सबै त्यो मोदीलाई त्यहाँबाट जसरी भए पनि हटाउन खोजिरहेको थिए । त्यस्तैमा एकदिन कुनै कामले गर्दा त्यो मोदी केही दिन दरवार आउन नपाउने भयो र बिदा लिएर गयो । मन्त्री र भारदारहरुले सल्लाह गरेर अब त्यसलाई सधै दरवारबाट बाहि¥याउने सल्लाह गरे ।
केही दिनपछि त्यो मोदीलाई नदेखेर राजाले सोधे– ‘खै आजकल त्यो मोदी देखिनन नि ? कता गएछ ?’ दरवारमा कसैले उतर दियो–‘महाराज त्यो त म¥यो नि !’ एकदिन राजा आपनो महलको छतमा टहलिँदै थिए । तल मोदीलाई देखे । मोदीले पनि राजालाई देख्यो र तलैबाट प्रणाम ग¥यो । राजा उसलाई देखेर अचम्म मान्दै सौधै– ‘मोदी तिमी जिएँदै छौ ?’ उसले भन्यो– ‘हजुर महाराज !’ राजाले उसलाई तुरुन्तै दरवारको सभामा बोलाए ।
अनि जसले त्यो मोदी मरिसक्यो भनेर सुनाएको थियो त्योसँग क्रोधित हँुदै सोधे– ‘के हो ? तिमीले त त्यो मोदी मरिसक्यो भनेको हैन ? किन झुटो बोल्यौ ? ऊ त जीवितै छ त ।’ यो भारदारले मोदीलाई देखेर पनि नदेखेजस्तो गरेर भन्यो– ‘खै महाराज ? कहाँ छ र त्यो मोदी ? यहाँ त कोही पनि छैन त !
यो सुनेर राजा थप क्रुद्ध भए । अर्कोलाई बोलाएर भने– ‘हेर त यो पागल भएछ, अगाडि नै भएको मोदीलाई पनि देखिन, खै कहाँ छ ? भन्छ ।’ तर अर्कोले पनि उतर दियो– ‘महाराज, मैले पनि देखिन ।’ राजाले अचम्म मान्दै अरु अरुलाई पनि बोलाउँदै गए । तर सबैजनाले एउटै उतर दिए– ‘खै महाराज, मैले मोदी त के, मोदीको नाम निशान केही दखिन ।’
अन्तिममा सबै मन्त्री, भारदार मिलेर राजालाई भने, ‘महाराज, बरु हजुरले ध्यान दिनुहोस् । कतै त्यो मरेको मोदीको प्रेत त हजुरको अगाडि आएको हैन ? यो सुनेर राजा डराए र महलभित्र गए । यता सबैजना मिलेर त्यो मोदीलाई बाहिर निकालिदिए ।
अतह कोही पनि स्वार्थी बन्नु हुँदैन । अरुलाई प्रसन्न राख्ने कुरामा पनि ध्यान पु¥याउनु पर्छ । जो केवल आपनो स्वार्थसिद्धमा लाग्छ, त्यसले पाइला पाइलामा अरुको विरोध पनि सहनुपर्छ ।