सुनसरीमा प्रधानाध्यापक अन्सारीको हत्या, हत्यारा प्रहरीलाई समेत गोली प्रहार गरेर भारततिर भागे
असोज ४, सुनसरी– सुनसरीमा गोली प्रहार गरी एक प्रधानाध्यापकको हत्या गरिएको छ।
मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली चलाई सुनसरीको हरिनगरा गाउँपालिकाकास्थित रैयान पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद अन्सारीको हत्या गरेका छन्। हरिनगरा गाउँपालिकाकाका अध्यक्ष गफर अन्सारीका अनुसार दुई वटा मोटरसाइकलमा आएका उनीहरुले गोली चलाएका थिए। अन्सारी स्कुलको बैठकमा सहभागी भएर घरतिर फर्किरहेका थिए।
अध्यक्ष अन्सारीका सीमा छेउमा प्रहरी जवान शिव पौडेलमाथि पनि गोली प्रहार गरी उनीहरु भारततिर भागेका छन्। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए।