गंगामायाका छोरा नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

सोमबार, ८ असोज २०७५

असोज ८, काठमाडाैं‌- अदालत तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको  गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई  ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ। ललितपुरका एसपी शेखर खनालले अधिकारीलाई सात दिन म्याद थप भएको जानकारी दिए।

उनले आइतबार साझँ पाटन  विचौलिया बनेर वारेश मार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका थिए। उनले इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेपछि प्रहरीले नियन्त्रणमा लिइएको थियो ।