दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारदेखि खुल्ने

सोमबार, ८ असोज २०७५

असोज ८, काठमाडाैं‌- दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी महासंघको सोमबार बसेको बैठकले असोज ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यसअघि सरकार र महासंघबीच इन्धनको मूल्यवृद्धिमा विवाद उत्पन्न भएपछि असोज ५ बाट गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकिएको थियो।

सरकारले १० प्रतिशत गाडीभाडा वृद्धि गर्ने भएपछि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन्।