राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर च्यासलबाट खेल्ने पक्का

शुक्रबार, १२ असोज २०७५

असोज १२ काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले खेल्ने टिमको टुंगो लागेको छ । लिगमा उनी च्यासलबाट खेल्ने पक्का भएको हो ।

बिहिबारराति विमललाई च्यासलले अनुबन्ध गरेको छ । यसअघि विभिन्न प्रतियोगितामा थ्रीस्टारबाट खेलेका बिमललाई यसपटक थ्रीस्टारले अनुबन्ध गरेन ।

जसकारण विमललाई कसले लिन्छ भनेर विभिन्न खालका अनुमान लगाइएका थिए । तर अन्तिम समयमा उनलाई च्यासलले अनुबन्ध गरेको हो ।