मोहन कार्कीको अध्यक्षतामा एनआरएन स्कटल्याण्ड राज्य परिषद गठन
स्कटल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषद मोहन कार्कीको अध्यक्षतामा गठन भएको छ। अध्यक्षको लागि आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाउनु भएपछि विवाद समाधान भएको हो । अध्यक्षका आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकाल समितिको संरक्षकमा चयन भएका छन् । नयाँ समितिको उपाध्यक्षमा नारायण पहारी, काशिराम भण्डारी, सचिबमा कृष्ण दाहाल, सहसचिवमा दीवाकर पाण्डे, कोषाध्यक्षमा धन ब के सी र सहकोषाध्यक्षमा यदुमणि सापकोटा चयनभएका हुन् ।
लामो समयदेखि विवादका कारण स्कटल्याण्ड राज्य परिषदको नयाँ कार्यसमिति गठन हुन सकेको थिएन। अध्यक्षमा चयन हुनु भएका मोहन कार्कीले दुई कार्यकाल ( सन् २०११-२०१५ )मा ग्लास्गो नेपाली समाजको सफल नेतृत्व गरेका थिए। कार्कीको पहलमा ग्लास्गो नेपाली समाज स्कटल्याण्डमा च्यारिटीको रुपमा दर्ता भएको थियो। समाजसेवामा अग्रसर कार्कीको नेतृत्वमा एनआरएनको स्कटल्याण्डमा सक्रियता बढ्ने अपेक्षा गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषद गठन समारोहमा एनआरएन युकेका संरक्षक डमर घले, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठीले स्कटल्याण्ड नेपालीहरुलाई संगठित रुपमा अगाडि बढ्ने वातावरण मिलेको बताएका थिए ।