यस कारण भएको थियो नेपाल भारत युद्ध
काठमाडौं – व्यापार गर्ने उद्देश्यले भारत प्रवेश गरेको अंग्रेजहरुले बिस्तारै त्यहाँको सम्पूर्ण प्रशासनिक व्यवस्था नै आफ्नो हातमा लिएका थिए । भारतका सबै राज्यहरुमाथि अधिकार जमाएपछि सिमाना जोडिएका राज्यहरुलाई पनि आफ्नो बसमा पार्ने प्रयत्न अंग्रेजहरुले गर्न थाले ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकिकरण अभियान गीर्वाणयुद्ध विक्रम शाहको शासनकाल सम्ममा नेपालको दक्षिण सिमाना भारतसँग जाडिन पुगेको थियो । त्यतिवेलासम्ममा अँग्रेजहरुले भारतका समस्याहरु सुल्झाएर नेपालसँग पनि टक्कर लिने योजना बनाउँदै थिए ।
व्यापारिक सन्धिको माध्ययमबाट नेपाल छिर्न खोजेका अंग्रेजहरु सफल हुन नसकेपछि आक्रमण गरेर भएपनि नेपालमाथि प्रभुत्व जमाउन चाहे । जसको परिणाम स्वरुप वि.स. १८७१ देखि १८७३ सम्म वा सन १८१४ देखि १८१६ सम्म करिव २ बर्ष जति नेपाल र भारतस्थित कम्पनी सरकारका वीचमा युद्ध भयो । जसकार कारण निम्न प्रकार छन ।
१) नेपाल र कम्पनी सरकार दुबैले सिस्तारवादी नीति अपनाउनु
२) नेपालमाथि कम्पनी सरकारको स्वार्थ हुनु
३) कम्पनी सरकारले नेपालसँग घनिष्ठ सम्बन्ध स्थापन गर्न नसक्नु
४) नेपालले अंग्रेज विरोधी गुट तयार गर्ने प्रयास गर्नु
५) पश्चिम नेपालमा पराजित राजाहरुले अंग्रेजलाई उस्काउनु
६) नेपालले ठूलो संख्यामा शैनिकहरु नियुक्त गर्नु
७) तत्कालिन कारण वा बुटवल र स्वुराजसम्बन्धी समस्या