कुरा अरुको सुन्नु, निर्णय आफै गर्नु

मंगलबार, १३ साउन २०८२

काठमाडौंं – एउटा चिलको अण्डा कुखराको ओथारोेमा राखिएको थियो । अण्डा कोरलियो र चिलले आफू कुखुरा भएको सम्झिदै हुर्किन थाल्यो । जे–जे चल्लाहरु गर्थे त्यही–त्यही चिलले गथ्र्यो । उ फोहोरमा चराहरु खोज्थ्यो ।

चिरचिर कुखुराकै जस्तो आवाज निकाल्थ्यो । साना चल्लाहरुले जस्तै उ पनि केही फिट मात्र उफ्रिने गर्दथ्यो । एक दिन उसले एउटा चिल खुल्ला आकाशमा शानदार र भव्य रुपमा उडिरहेको देख्यो । उसले चल्लालाई सोध्यो, ‘त्यो सुन्दर चरा के हो ?’ ती चल्लाहरुले उत्तर दिए, ‘त्यो चिल हो । चराहरुमध्ये प्रमुख हो । तर तिमी उ जस्तै उड्न सक्दैनौं किन भने तिमी कुखुराको चल्ला हौ ।’

उसले एक सेकेन्ड नसोची त्यस उत्तरलाई सही हो भनी विश्वास गर्यो । आफ्नो सोच र दृष्किोणका कारण उसले सम्पूर्ण जीवन कुखुराको जस्तै गरी वितायो । कत्रो ठूलो नक्सानी ! उ जित्नका लागि जन्मिएको थियो तर हार्न बाध्य भयो ।

हो यही कुरा धेरै मानिसमा लागु हुन्छ । जीवनको दुर्भाग्यपूर्ण पाटोको बारेमा आलिभ बेन्डेल होल्मस् भन्छन, ‘धेरै जसो मान्छेहरु आफ्नो हृदयमा केही गर्ने चाहाना हुँदै मर्छन् । हामी दुरदर्शिताको कमीका कारण उत्कृष्टता हासिल गर्दैनौँ ।

त्यही भएको अरुको कुरा सुुन्न भन्दा पहिला आफूलाई चिन्नुहो । भनिन्छ नी, ‘कुरा अरुको सुन्नु, निर्णय आफै गर्नु ।’