प्रताप मल्लले तीन सय रानीलाई यसरी मिलाएर राखेका थिए

बिहिबार, ११ असार २०७७

काठमाडौं – प्रताप मल्ल कान्तिपुर राज्यका राजा थिए । विंस १६९८ मा आफ्नै बुबालाई पदच्युत गरी प्रताव मल्ल राजगद्दीमा बसेका थिए । काजी भिम मल्लको सहयोग लिई १८ बर्षको उमेरमा आफ्नै बाबुलाई गद्दिबाट हटाएका थिए । उनी त्यसभन्दा अगाडी १३ बर्षको उमेरमा (१६९३)मा पनि राजा भएको कहिकहि पढ्न पाइन्छ ।

उनी निकै शक्तिशाली राजा थिए । उनको परिवार निकै ठूलो थियो । बंशावलीमा उल्लेख भएअनुसार उनका तीन सय ओटी रानी थिए । तर ऐतिहासिक प्रमाण अनुसार राजमती, रुपमती, अनन्तप्रिय, प्रभावतिदेवी चार जना रानीहरु विवाहित हुन भने अरुलाई विवाह नगरी राखेका थिए ।

उनको मृत्यु हँदा ९ जना रानीहरु सती गएका थिए । भुपेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महिपतीन्द्र, चक्रवतीन्द्र नाम गरेका विवाहित रानीबाट जन्मिएका पाँच जना छोराहरु र सिद्धिश्री, लितावती, श्रीमतिदेवी जस्ता छोरीहरुका साथै भाकुतु, सुन्दर नारायण, सुरत शाही, मान्धाता सिंह जस्ता ल्याइते रानीहरुबाट जन्मिएका मठ्याहा छोराहरुको नाम पनि इतिहासमा उल्लेख छ ।

उनले आफ्नी सबै रानीहरुलाई समान व्यवहार गरेर राखेको इतिहासमा उल्लेख छ । ९ सय जनालाई नै दरबारमा राखेको र सबैलाई दिदी बहिनीको नाता लगाई सुमधुर सम्बन्ध कायम राख्न लगाएका थिए ।