सफलता कुनै संयोग होइन, दृष्टिकोणको नतिजा हो

बुधबार, ३२ असार २०८२

काठमाडौं – एक पादरी काम गरिरहेका थिए । बाटोमा एउटा सुन्दर खेत देखे । खेतको एउटा कुनामा उभिएर लहलहाउँदो बालीको प्रशंसा गर्न थाले । आफूतीर पादरी आइरहेको देखेर किसान ट्याक्टर चलाएर पादरी भएको ठाउँमा गए ।

ती पादरीले किसानलाई भने, ‘देवताले तपाईँलाई राम्रो खेत दिनु भएछ । तपाईँ ईश्वरप्रति कृतज्ञ हुनुपर्छ ।’ तीे किसानले उत्तर दिए, ‘देवताले मलाई राम्रो खेत दिएकोमा कुनै शंका छैन र म कृतज्ञ छु । तर तपाईँले यो खेत भगवानले आफ्नो अधिनमा राखेको बेला हेर्नुपथ्र्यो ।’

किसानको खेत राम्रो भएपनि उनी सन्तुष्ट थिएनन् । उनलाई खेत मन परेको भएपनि उनी केही अपुग भएको महसुस गरिरहेका थिए । उनी आफ्नो दृष्टिकोणमा स्पष्ट थिएनन् ।

धेरै जसो मूर्ख व्यक्तिहरु कुनै चिट्टा पर्ने प्रतिज्ञा गरिरहेका हुन्छन । तर त्यस्तो रणनीतिले अत्यान्तै मुस्किलले सफलता पाइन्छ । सामान्य मान्छेहरु सुरक्षा खोज्दछन् तर असामान्य मान्छेहरु मौंका खोज्छन् ।

एउटै व्यक्ति एकपछि अर्को सफलता किन प्राप्त गरिरहन्छ जबकि अरुहरु सफलताको तयारी मात्र गरिरहेका हुन्छ ? कसरी एक व्यक्ति जीवनमा आइपर्ने समस्याहरुलाई सामना गरेर आफ्ना लक्ष्यलाई पाएरै छोड्छ, जबकि अरु व्यक्तिहरु संघर्ष मात्र गरिरहेका हुन्छन तैपनि पुग्दैन ?

यदि यी प्रश्नहरुको उत्तर तपाईँको शिक्षाको मुख्य भाग बन्यो भने त्यसले तपाईँको जीवनमै क्रान्तिकारी परिवर्तन ल्याउँछ । अक्सर सफल मानिसहरु आफ्नो दृष्टिकोणमा स्पष्ट हुन्छ । उनीहरुको लक्ष्य एउटै हुन्छ ।

सफलता कुनै संयोग होइन । यो त तपाईँ आफैले चुनेको दृष्टिकोणको नतिजा हो । त्यसैले सफलता तपाईँको छनोटको परिणाम हो, मौकाको परिणाम हो ।