सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधैँ साथ र सहयोग रहने
असोज १६, काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधँै साथ र सहयोग रहने बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उनले “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधैँ साथ रहन्छ, बताए ।
उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । “निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिने तर सरकारले नाराअनुसार काम गर्न सकेको छैन,”– उनले भने । उनले जनताले आशा गरेरअनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन नसेको बरु मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका बताए । नेता सिंहले काँग्रेसलाई प्रभावकारी ढङ्गले अगाडि लैजानका लागि आफूहरु लागिरहेको स्पष्ट पारे ।