कम्युनिस्टहरुमा पलाएको दुई तिहाइको दम्भले मुलुक दुर्घटनाको संघारमा : कांग्रेस नेता डा. कोइराला

बुधबार, १७ असोज २०७५

असोज १७, काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरुमा पलाएको दुई तिहाइको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन्।

गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बाल्दै कोइरालाले राज्यका सबै निकायमा कम्युनिस्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको आरोप लगाए।

उनले वर्तमान सरकारबाट नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताए। सरकार भ्रष्टचारको अखडा रहेको उनको आरोप थियो।

बलत्कारका घटनाप्रति सरकार निरीह रहेको भन्दै उनले थपे, ‘निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरीह बनेको छ।’

पार्टीको आन्तरिक विषयमा उनले संकट र अप्ठ्यारो परेको समयमा पार्टीविरुद्ध लाग्ने जुनसुकै तहका नेता तथा कार्यकर्ता भए पनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्कासन गर्नुपर्ने धारणा राखे।