ह्यारीले क्याप्टेनका कारण जब बिललाई गुमाए
काठमाडौं – दुई जना स्कूल पढ्दाका साथी ह्यारी र बिलको एउटा कथा छ । उनीहरुले सँगै स्कूल, कलेजको पढाई सके, दुबै जना सेनामा भर्ति भए । युद्धको बेलामा दुबै जना एउटा क्याम्पमा काम गरिरहेका थिए । एक रात उनीहरु एम्बुसमा परे । गोलीका छर्राहरु छुट्न थाले । त्यही बेला कोही बोलेको सुनियो । ‘ह्यारी मलाई बचाउ ।’
ह्यारीले आफ्नो साथी बिलको आवाज चिनिहाल्यो । उसले क्याप्टेनसँग ह्यारीलाई बचाउन जाने अनुमति माग्यो तर क्याप्टेनले उसलाई जान अनुमति दिएनन् । क्याप्टेनले भने, ‘जवानहरु घटिसके । यस्तो अवस्थामा म तिमीलाई गुमाउन चाहान्न । त्यसमाथि पनि बिलको आवाज सुन्दा अब उ बाँच्ला जस्तो लाग्दैन ।’ क्याप्टेनको कुरा सुनेर ह्यारी चुपचाप लागे ।
बिलले फेरी सहयोगको याचना गर्यो । पहिला नै क्याप्टेनले अस्वीकार गरिसकेकाले ह्यारी चुपचाप बसिरहयो । बिल भने सहयोगका लागि कराई रहयो । ह्यारीले सहन सकेनन् र क्याप्टेनलाई भने, ‘क्याप्टेन, बिल मेरो सानैदेखिको साथि हो । मैले उसलाई सहयोग गर्नुपर्छ । क्याप्टेनलाई इच्छा नहुँदा नहुँदै पनि ह्यारीलाई बिलको उद्धार गर्न जान अनुमति दियो ।
ह्यारी घिस्रदै बिल भएको ठाउँसम्म पुग्यो र बिललाई बल्ल तल्ल आफ्ना अड्डासम्म ल्यायो । तर त्यतिन्जेल बिलको मृत्यु भइसकेको थियो । क्याप्टेन चिच्चायो, ‘मैले तिमीलाई भनेको होइन । उ बाँच्ने अवस्थामा छैन भनेर । उसलाई बचाउन जाँदा तिमी पनि मर्न सक्थ्यौ । तिमीले ठूलो गल्ती गर्यौ ।’
क्याप्टेनको कुरा सुनेपछि ह्यारीले भन्यो, ‘क्याप्टेन मैले सही काम गरँे । जब म उसकहाँ पुगँे, उ जिवीत नै थियो । उसको आन्तिम बाक्य थियो, ‘ह्यारी तिमी आउँछौं भन्ने मलाई विश्वास थियो ।’
राम्रो सम्बन्ध विरलै बन्छ र एकपटक बनिसकेपछि त्यसलाई मजबुत बनाउँदै जानुपर्छ । हामीलाई प्राय भनिन्छ, आफ्ना सपनाहरु त्यागीदेउ तर अरुका लागि आफ्ना सपना त्यागेर हामी बाँच्न सक्दैनौं । जसले त्यसो गर्छ ती बेकम्मा मानिस हुन । हामीले आफ्नो घर परिवार, साथिसङ्गीहरुका लागि व्यात्तिगत त्याग गर्नु पर्छ । हामीमा निर्भर भएकाहरु प्रति हामीले समर्पण गर्नु सक्नुपर्छ ।