लघुकथा : B.ED पास केटीका लागि केटा चाहियो
काठमाडौं – दुई जना बृद्धहरु बाटोको चौतारामा बसेर कुरा गर्दै थिए । एउटा बुृद्धले आफ्नी नातिनीको बारेमा चर्चा गर्दै केटा चाहिएको सुरा सुनाए । दोश्रो बृद्धले उनका कुरा चाख मान्दै सुने । हेर्नुहोस् उनीहरु बिचको सम्बाद ।
पहिलो : मेरो एउटी नातिनी छिन्, बिबाह गर्नको लागि लाएक कि छिन, B.ED गरेकि छिन , जागिर गर्छिन, उचाइ ५.२ इन्च छ । त्यस्तो कोही केटो तपाईंको नजरमा भए भन्नुहोस् ।
दोस्रो : तपाईंको नातिनीको लागि कस्तो खाल्को परिवार चाहिएको हो ?
पहिलो : त्यस्तो केहि छैन्, केटो M.A/M.ED गरेको होस् । आफ्नै घर होस्, कार होस्, घरमा एसी होस्, आफ्नो बगैंचा होस्, राम्रो जागीर, राम्रो तलब होस् ।
दोस्रो : अरु केहि………
पहिलो : अँ सबैभन्दा जरुरी, केटो एक्लो हुनुपर्छ, आमा बुबा दिदिबहिनी दाजुभाइ नभएको हुनुपर्छ । किनकि परिवार हुँदा झैझगडा हुन्छ…. ।
दोस्रो बृद्ध को आँखाभरी आँसु आयो, फ़ेरि आँसु पुछ्दै भने ः मेरो एक साथिको नाती छ उसको दाजुभाइ दिदीबहिनिहरु छैनन् । आमा बुबा एउटा दुर्घटनामा पहिल्यै परलोग भैसके । राम्रो जागिर छ, राम्रो तलब छ, गाडी घोडा बंगला, नोकर चाकर छन्……।
पहिलो : त्यसोभए सम्बन्ध पक्का हुन्छ त…..?
दोस्रो : तर त्यस केटाको पनि एउटा शर्त छ, केटी पक्ष तिर पनि आमा बुबा, दाजुभाइ, दिदिबहिनी या कोही आफन्त नहोस् । भन्दैगर्दा बृद्धको गला भरिन्छ……। फेरि भने, ‘यदी तपाईंको परिवारले आत्महत्या गर्नुभयो भने कुरा पक्का मिल्छ…….। तपाईंको नातिनीको बिबाह उ सँग हुन्छ र नातिनी पनि खुशी हुन्छे… ।
पहिलो : यो के बकवास कुरा गरेको, हाम्रो परिवारले किन गर्नु आत्महत्या…..? भोलिको दिनमा उसको सुख दुःखमा उसलाई साथ कसले दिन्छ……….?
दोस्रो : वाह मेरो साथी, आफ्नो परिवार, परिवार हो, र दोस्रो को केही हैन….। मेरो साथी आफ्नो छोराछोरीलाई परिवारको महत्त्व बुझाउनुहोस् । घरको साना–ठूला सबै आफ्नाको लागि जरुरी हुन्छ । नत्र मान्छे दुःख र सुखको महत्त्व नै बिर्सन्छन ।
पहिलो बृद्ध लाजले केही बोल्न सकेनन् ।
साथिहरु परिवार छन भने, जीवनमा हरेक कुरा खुशी लाग्छन । तर परिवार नै छैनन् भने कोसँग आफ्नो दुःख सुख बाड्नु ।