महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना संक्रमण

सोमबार, २६ साउन २०७७

काठमाडौं – महानगरीय प्रहरी कार्यालय मेट्रो रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ ।

कार्यलयस्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।

३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।