कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेस्ट बैंकको मुख्यालय सिल

सोमबार, २६ साउन २०७७

काठमाडौं – एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ।

बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि बैंक सिल गरिएको छ।

बैंकले गत शुक्रबार कर्मचारीको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

बैंकले दुई दिन मुख्यालय बन्द गर्ने निर्णय गरेको छ। संक्रमण नदेखिएका कर्मचारीलाई ‘होम आइसोलेसन’ मा राखिएको छ। कोरोना देखिएपछि बैंकले तत्काल सिल गरेको थियो ।

कार्यालयमा डिस इन्फेक्सन गर्नुपर्ने भएकाले दुई दिन बन्द गरिएको हो।