धरौटी बुझाउन नसक्दा नेकपाका केन्द्रीय सदस्य पुन काराकार चलान
कैलाली – विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन धरौटी बुझाउन नुसक्दा कारागार चलान भएका छन । पार्टीको सेति महाकाली व्युरो इन्चार्ज समेत रहेका पुन ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन ।
जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका वडानम्बर ७ बेलीबाट उनलाई प्रहरीले घेराहली पक्राउ गरेको थियो ।
प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाएको थियो ।