प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि,

बुधबार, २८ साउन २०७७

धनकुटा धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको छ ।

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । इटहरी बस्दै आएकी सांसदसहित उनका श्रीमान र सवारी चालकले गत शनिबार धरान–१५ मा स्वाब दिएका थिए ।

उनीहरुसहित स्वाब परीक्षणमा पठाईएका २६७ जनामध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनकुटाका सांसद, उनका श्रीमान र धरानका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।