१५ किलो सुन काण्डका अभियुक्त पक्राउ

बिहिबार, २९ साउन २०७७

काठमाडौं – प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ ।

अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।

काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।

को हुन् अन्सारी

बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् ।

उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।

घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।

युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए ।

अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु ‘डबल एजेन्ट’का रुपमा चिन्छन् ।

अन्सारीले हरेक अपराधमा फरक(फरक नाम बताएर संलग्न हुने गरेका छन् ।

यो पनि पढ्नुस्

सुनकाण्डमा ट्वीस्ट फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग

सुनकाण्डमा ‘डबल–क्रस’ सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ

१५ किलो सुनचाँदी प्रकरण निर्दोष देखिएपछि एकजना छुटे

सुनकाण्ड छानविन समितिले कारबाही सिफारिसविनै बुझायो प्रतिवेदन

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप

सुन प्रकरण चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

सुन प्रकरण एक किलो सुन जस्तो देखिने धातु बरामद

दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए