राष्ट्रपति जब दाउराको भारी उचाल्न आए

शुक्रबार, ३० साउन २०७७

काठमाडौं – धेरै बर्ष अघि एउटा घोडासवार व्यक्ति कतै गइरहेका थिए । बाटोमा उनले एक हुल सिपाहीहरु गाडामा दाउरा हाल्ने प्रयास गरिरहेको देखेछन् ।

उनीहरुलाई गाडामा दाउरा उकाल्न गाह्रो भइरहेको थियो । सिपाहीको नाइके भने सँंगै उभिएर यसो गर उसो गर भन्दै कराई रहेको थियो ।

त्यस घोडा सवार व्यक्तिले नाइकेलाई सोध्यो, ‘तपाईँ किन उनीहरुलाई सहयोग गर्नुहुन्न ?’ सिपाहीका नाइकेले भने, ‘म त यिनीहरुको नाइके हुँ, मेरो काम आदेश दिनु हो ।’

त्यो घोडा सवार व्यक्ति आफ्नो घोडाबाट ओल्र्यो र सिपाहीलाई दाउरा उचाल्न सहयोग गर्यो । उनीहरुले दाउरा गाडामा हाले । घोडा सवार व्यक्ति आफ्नो घोडामा चढ्यो र नाइकेलाई भन्यो, ‘अर्को पटक तिम्रो सिपाहीलाई सहयोग चाहियो भने कमाण्डर इन इफलाई बोलाउनु ।’

उ हिँडिसकेपछि त्यस नाइके र सिपाहीहरुले त्यो व्यक्ति को रहेछ भनेर खोजी गरे । पछि थाहा भयो तिनी त अमेरिकाका राष्ट्रिपति जर्ज वासिङ्टन पो रहेछन् ।

तसर्थ, मानवियता र सफलता सँगसँगै हिड्छन । कसैले तपाईँको प्रशंसा गर्यो त्यो कुरा टाढा टाढासम्म फैलिन्छ । पद पाँए भन्दै आफ्नो धरातल विर्सिन हुन्न । आइपर्ने सम्पूर्ण समस्याबाटा जुध्न तयार हुन पर्छ ।