रामेछाप मन्थलीमा अत्यावश्यक सेवा बाहेकका सबै पसलहरु बन्द,
मन्थली – जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा अत्यावश्यक सेवा बाहेकका सबै पसलहरु बन्द गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार गरेको नियमित पत्रकार सम्मेलनमा रामेछापका २ जनामा कोरोना संक्रमण भएको बताएपछि संक्रमित भनिएको १ जना मन्थली नगरपालिकाका कर्मचारी रहेकाले मन्थली नगरपालिकाको कार्यालय पनि सिल गरिएको छ ।
नगरपालिकाको कर्मचारीमा कोरोना पुष्टि भए संगै थप संक्रमण फैलन नदिन नगरपालिकाको कार्यालय सिल गरिएको भने अन्तरिक यातायात सेवा पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।
त्यस्तै प्रशासनले बिहीबार एक बिज्ञप्ती निकाल्दै बिगत १४ दिन भित्र मन्थली नगरपालिकामा सेवा लिन आएका सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।