समस्याको आकार कसरी घटाउने ?
काठमाडौं – हाम्रो एउटा समस्या छ, कुनै पनि समस्यालाई कन्भेक्स लेन्सबाट म्याग्निफाइ गरी हेर्नेु । समस्या वास्तवमा हामीले देख्ने गरे जस्तो ठूलो हुदै हुँदेन । बस हामी त्यसलाई ठूलो मात्र देखिरहेका हुन्छौँ ।
खेतकोबीचमा एउटा ठूलो ढुङ्गो थियो । त्यसमा किसानकाृे हलो अड्केर धेरै पटक भाँचिइसकेको थियो । खेती गर्न पनि कठिन थियो । किसानका लागि त्यो भयानक समस्या भयो । प्रगतिको बाधक बनेको त्यो ढुङगो निकै तलसम्म धसिएको थियो ।
एक दिन उसले त्यो ढुङ्गा निकाल्न सारा गााउँलेसँग सहयोग माग्यो । सबै भेला भए ढुङ्गाको वरिपरि खोतले तर ढङ्गा जे देखिन्थ्यो त्यस्तो रहेनछ । अर्थात जमिन माथि नै रहेछ एकैजनाले उखेलेर फ्याँक्न सक्नेगरी माथि । गाउँलेको अगाडि ऊ लज्ति भयो । किसानले जे कुरालाई यतिका वर्ष विशाल समस्या ठानेको थियो । वास्तवमा त्यो समस्या नै रहेनछ ।
हो त्यो किसानले झैँ हामी पनि आफ्नो समस्यालाई ठूलो बनाएर प्रस्तुत गछौँ । यदि तपाईँलाई आफूप्रति विश्वास छ, तपाई उच्च योग्यता भएको मानिस हो र तपाईले जिन्दगीमा केही खास गर्नु छ भने समस्याबाट नभाग्नु होस् । केही विशेष गरेर देखाउनु छ तब तपाईँका हरेक काममा यसको झलक देखिनेछ र अन्ततः त्यही तपाईँको वास्तविकता बन्छ ।
तपाईँको आफूप्रतिको जिम्मेदारी यो हो । तपाई आफ्नो भित्री धारणा बदल्नुस्, जसबाट तपाईको आशा बाहिरी दुनियाँको आकाँक्षासँग मेल खाओस्, लक्ष्य बनाउनुस्, लक्ष्यमा फोकस हुनुस्, कुनैपनि समस्यालाई ठूलो रुपमा नहेनूस् । तपाईँको आज जे र जस्तो अवस्था छ, त्यहीबाट सुरु गर्नुहोस् । एक दिन आफूलाई आफ्नो सपना पूरा भएको अवस्थामा पाउनुहुनेछ ।