सबैतीरबाट नाङ्गीएपछि नेकामाथि प्रहार गर्न थाले बुद्धि रेग्मी, नेकाको गम्भीर आपत्ती
काठमाडौं – सबै क्षेत्रबाट नाङ्गीएर एक्लो बनेका इक्यानका पूर्वअध्यक्ष बुद्धिप्रसाद रेग्मी अरु केही नपाएर कन्सल्टेन्सी क्षेत्रको छाता संस्थामाथि प्रहार गर्न थालेका छन । गएको इक्यान मेलाबाट कन्सल्टेन्सी क्षेत्रमा नाकै देखाउन नसकिने अवस्था आएपछि मनमा लागेको कुरा बोल्दै अरुलाई भए नभएका आरोप लगाउँदै बर्वराउन थालेका छन ।
नेपालदेखि ठगी गर्न सुरु गरेर अमेरिकासम्म पुगेका रेग्मी अमेरिकामा सोचे जसरी ठग्न नपाएपछि आफ्ना साथिभाईलाई ठग्न नेपाल आएका थिए । सोही मौका पारी इक्यान मेला व्यवस्थापनको जिम्मा पाएका उनले सो मेलामा आफ्ना साथिहरुलाई नमज्जाले फसाए । मेलामा फसाएको झोकमा व्यवसायीहरु उनीबाट टाढिन थालेपछि अहिले इक्यानको समानान्तर संस्था राष्ट्रिय शैक्षिक परामर्श संध (नेका)लाई विभिन्न खालका आरोप लगाएर गाली गर्दै सम्बन्ध आफ्ना सुधार हुने आसमा मनलाग्दी बोल्न थालेका छन ।
नेपाका संस्थापकहरु ‘चोर’ भनेर सार्वजनिक रुपमा गाली गरेपछि अहिले उनको चर्को आलोचना भइरहेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २४ औं बार्षिकोत्सव भर्चुअल समारोहमा बोल्ने क्रममा रेग्मीले नेकाका संथापकहरुलाई चोरहरु भनेर गाली गरेका थिए । सोही विषयले नेका र इक्यानमा ठूलो बहस उत्पन्न गराएको छ ।
यता राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले बुद्धिप्रसाद रेग्मीको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ । मोटिभेट न्यूजलाई प्राप्त ध्यानाक्रषण पत्रानुसार नेकाको साख, गरिमामा आँच पुर्याउने, छवि धूमिल गर्ने तथा अन्तरसंस्थाबीचको सम्बन्धमै सूदुर भविष्यसम्म खलल पुर्याउने उक्त भनाइको घोर भत्सना गरिएको छ ।
नेकाको ध्यानाक्रषण पत्रमा भनिएको छ, ‘मर्यादित भनिने संघको एकजना पूर्वअध्यक्षको अमर्यादित भनाइप्रति अनौपचारिक रुपमा संघका जिम्मेवार पदाधिकारी समक्ष छलफल पश्चात संघको अध्यक्षले अन्तिम दिनको भर्चुअल सेसनमै कार्यक्रमको दौरान अभिव्यक्त धारणाहरु संस्थाको आधिकारिक धारणा नभई निजको व्यक्तिगत धारणा भएको भनिएको भएतापनि वक्ताको सो भनाइलाई संस्थाको र निजको समेत सामाजिक सञ्जालबाट नहटाउनु, कुनै कारवाही नगर्नु कतै अराजकता, अशिष्टतालाई पृस्ठ पोषण त हैन भन्ने गम्भीर आशंकासमेत उत्पन्न भएको छ ।’
संघका अध्यक्ष सन्तोष प्याकुरेलद्वारा हस्ताक्षरित रेग्मीले सार्वजनिक रुपमै माफि माग्नुपर्ने माग अघि सारिएको छ । ‘कोरोना कहरका कारण चौतर्फी असर परिरहेको, व्यवसायिक चुनौतीहरू थपिएको यस गम्भीर परिस्थितिमा यस्तो अप्रासंगिक, भ्रामक, घृणित भनाई प्रति तत्काल आत्मालोचना सहित माफी माग्नुपर्ने छ’ पत्रमा भनिएको छ, ‘संघले त्यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्छ अन्यथा हामी संस्थाको गरिमा र मर्यादालाई अक्षुण राख्न कठोर निर्णय लिन बाध्य हुने जानकारी गराउँछौं ।’

