गजल : तिम्लाई दिने उस्को मान बद्लियत के भो ?
कति सरकार कति प्रधान बदलिय त के भो
कति हस्तक्षेप अनि कति साहन बदलिय त के भो
हो यो कर्णालीले भोक अनि रोग खेप्प नै पर्याछ
कति अशाछ्यार कति महान बद्लियत के भो
लोकतन्त्रको अनुभुती आज हुदैहुदैन भने
ती बृद्ध हुन या जवान बद्लियत के भो
सिमानामा खम्बा गाड्न हामी आफैपछि हटेसि
तिम्लाई दिने उस्को मान बद्लियत के भो ?
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा