कविता : अगस्त्य भएर बाच्नु पर्छ
विराटनगर –
खै कतिदिन बाच्ने
नकुल र सर्पको सम्बन्ध लिएर
खै कतिदिन बाच्ने
पुरन्दर र विनाशक भएर
अब हामीहरु
पुरन्दर र विनाशक भएर नबाचौं
अब हामीहरु
नकुल र सर्पको सम्बन्ध लिएर पनि नबाचौं
अब हामीहरु मिल्नुपर्छ
दुध र पानीजस्तो
अब त्यो दुध र पानीको सम्बन्धमा
सुन ! कागती निचोरेर नहाल
हामी नकुल र सर्पको सम्बन्ध चाहान्दैनौं
हामी त
एकताको बर्षामा भिजेर
राष्ट्रिय मिलनको बर्षामा भिजेर
एकक्षणमै हरियों – हरियों हुन चाहान्छौं
अब हामीहरु एउटै मञ्चमा आउनु पर्छ
मञ्च विगार्ने पुरन्दर भएर नआउ
यहाँ अगस्त्य भएर
मञ्चमा आउनेहरुलार्इ
लञ्चमा आउनेहरुलार्इ
विनाशक भएर तिमी अब नरोक
सुन !
अब हामीहरु
अगस्त्य भएर बाँच्नु पर्छ
अगस्त्य भएर नेपाल साँच्नु पर्छ
अबको अगस्त्य
समुन्द्र पिउदैन
दुध र पानीको सम्बन्धमा
कागती निचोरेर हाल्नेहरुलार्इ पिउछ
यसै गरी अबको अगस्त्य जिउँछ
अब अगस्त्य भएर बाँच्नु पर्छ
अब अगस्त्य भएर नेपाल साँच्नु पर्छ।
प्रस्तुत कविता ३८/३९ सालतीर लेखिएको हो । विपी कोइरालको राष्ट्रीय मेलमिलाप कै सन्दर्भमा लेखिएको हुदा वि पी जन्म जयन्तीको अवसरमा प्रस्तुत गरिएको हो ।