पहिरो पिडितलाई मोहन्याल २ ले दियो राहत, सहयोग गर्न सबैलाई अपिल

शनिबार, २७ भाद्र २०७७

कैलाली – कैलालीको मोहन्याल गाउँपालिका २ ले बाढि पहिरो पिडितहरुलाई प्रारम्भीक राहत वितरण गरेको छ । जिल्लाकै दुर्गम गाउँपालिका वडा नं. २ मा पहिरोमा परि घरबार विहिन भएका १२ घरधुरीलाई प्रति परिवार ५ हजारका दरले राहत वितरण गरेको हो ।

भदौ १० गते गएको अबिरल बर्षापछि आएको पहिरामा परि १२ घर विस्थावित भएका थिए । पहिरोबाट क्षति भएको जानकारी आउने विक्तिकै वडा अध्यक्ष देबिदत्त उपाध्यायको टोलि बिस्थापित परिवारलाई राहत दिनुका साथै पहिरोको निरिक्षणसमेत गरेका थिए । स्थानियले पहिरो पहाडबाट ठूलो बेगमा आइ घर तथा जग्गामा क्षति पुर्याएको बताएका छन ।

त्यस्तै, वडाले पहिरो पिडितलाई सहयोग गर्न अपिल गरेको छ । पालिकाले तत्कालका लागि सानो रकम उपलब्ध गराएको भएपनि विभिन्न, राजनीतिक दल, सामाजिक संघ संस्था, ब्यापारि, बुद्दिजिबि, संचारकर्मी, कर्मचारी, गाउँपालिका, प्रदेश सरकार र नेपाल सरकारसँग सहयोगका लागि अपिल गरिएको वडा नम्बर २ का वडाध्यक्ष देबिदत्त उपाध्यायले जानकारी दिए ।

यसको लागि देश बिदेशमा बस्नुभएका तमाम व्यक्ति तथा क्लब हरु बाट सहयोग को लागि अभियान पनि सुरु भइसकेको छ।