कान्तिपुरमा अबैधलाई उचाल्दा दिनेश डिसीलाई निल्नु न ओकल्नु !
काठमाडौँ – नेपालको प्रतिष्ठीत मानिएको कान्तिपुर टेलिभिजनमा विना कारण कर्मचारीहरु निस्कासित गर्न थालेपछि अहिले भाँडभैलो भएको छ ।
टिभीका स्टेशन म्यानेर दिनेश डिसीले म्यानेज गर्न नजान्दा र मालिकको मतियार बन्दा टिभीका कर्मचारीहरुको बेहाल भएको छ भने टिभी बदनाम हुदै गएको छ । डिसीले अहिले तीन जना कर्मचारीलाई निस्कासित गरिसकेका छन् भने अरु ४० जनालाई निकाल्ने तयारी भइरहेको बताएका छन् ।
निस्कासित कर्मचारीहरुलाई पुनर्वहाली गर्न माग गर्दै आन्दोलन चर्किदै गएपछि डिसीले अन्धाधुन्दा षड्यन्त्र गर्न थालेपछि आफै फस्दै गएका छन् । चलचित्र क्षेत्रमा प्रभावितशाली भएपनि बद्नाम रहेका डिसी कान्तिपुर टिभीमा जागिरे भएपछि थप बदनाम र असक्षम कहलिएका छन् ।
टिभी नाफामा रहेको भनेर बोनस वितरण गरेको बेला उनले राम्रो काम गरेको भनेर पुरस्कृत भएका कर्मचारीहरुलाई नै निस्कासित गरेपछि उनको गलत निर्णय र नियत प्रष्ट भएको छ । कोरोनाको त्रासका बीचमा पनि ज्यान जोखिममा राखेर इमान्दारिताका साथ काम गरिरहेका कर्मचारीहरुलाई उनले निकाल्नै नमिल्ने अवस्थामा निकालेकाले थप फस्दै गएका हुन् ।
व्यवस्थापनको सिप र क्षमता नभएका डिसीले गतल निर्णय गरेपछि निर्मला बस्नेत नेतृत्वको आधिकारीक कर्मचारी युनियले आन्दोलन सुरु गरेको छ । उनलाई लोभलालचबाट फसाउन नसकेपछि डिसीले युनियनमा असन्तुष्टहरुको झुण्डलाई परिचालन गरेका छन् ।
डिसीलाई सवैभन्दा बढी सहयोगीका रुपमा अहिले बस्नेतसँग पराजित डिपी उपाध्यक्ष र युनियनको भेलाले महासचिवबाट बर्खास्त गरेका कुमार पौडेलले मतियारको रुपमा सहयोग गरेका छन् । कर्मचारी युनियनका नेता भन्दै उपाध्याय र पौडेल कर्मचारी विरुद्ध मालिकको मतियार भएको भन्दै उनीहरु अहिले कर्मचारीहरुबाट एक्लिएका छन् भने मालिकको एजेण्डका रुपमा चित्रित भएका छन् ।
युनियनको महासचिवमा निर्वाचित भएपछि व्यवस्थापनको प्रलोभनमा परेर यसअघि पनि कर्मचारी विरुद्ध गलत भूमिका खेलेपछि युनियनको राष्ट्रिय भेलाले पौडेललाई निस्कासन गरेको थियो । कर्मचारीहरुबाट बहिस्कृत र युनियनबाट निस्कासित पौडेललाई युनियनको महासचिवको रुपमा विज्ञप्ती निकालेर आन्दोलनको विपक्षमा रहेको सार्वजनिक गर्न लगाएका थिए । तर उनको विज्ञप्तीलाई श्रम कार्यालयले खारेज गर्दै उनी अवैध भएको सूचना कान्तिपुर टिभीकै कार्यालयमा टाँसिदिएको छ । यसले डिसीको षड्यन्त्र नराम्रोसँग असफल भएको छ ।
निस्कानिस महासचिव पौडेलले निकालेको नक्कली विज्ञप्तीमा प्रचलित कानुन विपरित कान्तिपुर टिभीको लोगो प्रयोग गरिएको छ । पौडेलले लोगो दुरुपयोग गर्दासमेत व्यवस्थापन चुप लागेर बस्दा गलत नजिर स्थापित भएपछि टिभीका मालिकहरु नै डिसीबाट टिभी चल्न नसक्ने निश्कर्षमा पुगेको पाइएको छ ।
टिभीका सञ्चालकहरुले डिसीका कारण कर्मचारीहरु त्रसित भएको, टिभी नै बदनाम भएको र समग्रमा कम्पनी नै धरासायी हुने तर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले तीन जना कर्मचारी निकालेर टिभीलाई फाइदाभन्दा धेरै गुण बेफाईदा भएको निश्कर्ष निकालेका छन् ।
उक्त आन्दोलनकोे नेतृत्व नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले गरेका छन ।