बुबाले गरे आफ्नै छोराको हत्या
पर्सा – घरायसी विवादका कारण पर्सामा एक व्यतिले आफ्नै छोराको हत्या गरेका छन् ।
पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ । बुबा र छोरा बिच विवाद पछि बुबाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको इलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक सिंहको भनाइ छ ।