लामोदुरीका सार्वजनिक यातायात सञ्चालन हुने

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं – असोज ५ गतेदेखि हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।