विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् ।

कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए ।