मोहन्याल २ मा सिर्जनशिल युवा समाजको सहयोग

मोहन्याल गाउँपालिका को वडा नं. २ नाराङे का ११ पहिरो पिडित को राहात तथा पुनर्स्थापनाको लागि सिर्जनशिल युवा समाज मोहन्याल कैलालिले आर्थिक सहयोग गरेको छ।
मिति २०७७/०५/३० गते सिर्जनशिल युवा समाज ,मोहन्याल का केन्द्रिय संयोजक/रिपोर्टर श्री कलम बोहरा को टोलि ले प्रभाबित क्षेत्रको स्थलगत अनुगमन पछि पहिरो बाट बिस्थापित घरपरिवारको पुनर्स्थापनाको लागि सिर्जनशिल युवा समाजको तर्फ बाट सहयोग स्वरुप रु १०००० रकम मोहन्याल गाउपालिका २ न वडा अध्यक्ष देबिदत्त उपाध्यायको हात मा हस्तानत्रण गररिएको हो।
यसैगरि सिर्जनशिल युवा समाजले अरु पनि बिभिन्न सामाजिक अभियान चलाउदै आएको छ। अहिले सानो रकम सहयोग गरेका छौ र पिडितको लागि अझै पनि अभियान चलिरहेको सिर्जशिल युवा समाजका संयोजक कलम बोहराले बाताउनु भयो।
२०७७ साल भाद्र ३ गते स्थापना भएको उक्त्त संस्था ले सुरुमा मोहन्याल गाउँपालिका वडा न. ६ मा बसोवास गर्ने गोमा देवि बिक को स्तन जलेको र आर्थिक अवस्था निकै नजुक भएको अवस्थामा यस संस्थाले उपचार सहयोग बापत रु १०००० सहयोग गरेको थियो।
साथै हाल सिर्जनशिल युवा समाज मोहन्याल ले प्यारालाइसिस बाट ग्रसित मोहन्याल गाउँपालिका वडा नं. ७ का कालु सिं. बोहरा लाइ काठमाण्डौ सम्म लगि उपचार गर्न आर्थिक सहयोगको लागि आभियान चलिरहेको पनि संयोजक बोहराले बताउनुभयो।
सहयोग रकम बुझ्दै वडा अध्यक्ष उपाध्याय ले सिर्जनशिल युवा समाजलाइ धन्यवाद व्यक्त्त गर्नुभएको छ।
यस संगै सिर्जनशिल युवा समाजले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनचेतानमुलक ब्यानर पनि वडा लाइ हस्तान्त्रण गरेको छ।