गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं – गण्डकी प्रदेशमा मंगलबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवपुरमा २० जना संक्रमित भएका छन् ।

स्याङ्जामा १३, कास्कीमा पाँचजना, गोरखामा दुई, तनहुँमा आठजना, लमजुङमा र मनाङमा एक–एकजना संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार एक सय १६ पुगेको छ ।

तनहुँको शुक्लागण्डकी–१० का २३ वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १४ र १ का दुईजना पुरुष नमुना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कोभिड उपचार केन्द्र आएका र ३२ वर्षीया महिला सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाइ कर्मचारी हुन् ।

लमजुङका एकजना ७० वर्षीय पुरुष बेसीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत छन् । अन्य सबै संक्रमित व्यक्तिहरू कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।