कालिकोट जिल्ला कोरोना मुक्त

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं – कोरोना मुक्त जिल्लाको संख्या थपिएको छ । बुधबारबाट कालिकोट जिल्ला पनि कारोना मुक्त भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय कालिकोटका अनुसार आजबाट कोरोना संक्रमितको संख्या शूय छ ।

कालिकोटमा आजसम्म एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको सबै जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा ५ हजार ६ सय ९० जनाको पीसीआर परिक्षण गर्दा १ सय जनामा कोरोना पुष्टि भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यलय कालिकोटका अनसार १ जनाको रिपोर्ट आउन बाँकी ।