कर्णाली प्रदेशका ४ जिल्ला कोरोना मुक्त
काठमाडौं – कर्णाली प्रदेशको चार जिल्ला कोरोना मुक्त भएका छन्।
कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोनामुक्त भएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कालिकोटका एक सय, हुम्ला नौ, मुगु १३ र डोल्पा ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै यी चार जिल्ला कोरोनामुक्त भएको हो। प्रदेशमा हालसम्म २ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ६ सय ५ जना निको भएर डिस्चार्ज भइसकेका छन्।