कोरोना संक्रमित काँग्रेस महामन्त्री कोइरालाको कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं – कोरोना संक्रमित नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधार हुँदै गएको छ। कोरोना पोजेटिभ देखिएका कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको थियो ।
कांग्रेस महामन्त्री कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरीसमेत नपरेको अस्पताल श्रोतले जनाएको छ । ‘उहाँले हिजै स्यान्डविज र जुस खाइसक्नुभएको छ। आइसियुमा राखेर उपचार गरेकाले अक्सिजन स्ट्याण्डाबाइ राखिएको हो। अहिले दिन परेको छैन’, अस्पताल श्रोतले भन्यो’, ‘कोरोनाको समेत संक्रमण भएकाले आइसीयुको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको हो। अवस्था हेरी आजै डिस्चार्ज गर्नसक्ने संभावनापनि छ।’