सकियो मन्त्रीपरिषद बैठक, कुनमान नियुक्तिको निर्णय के भयो ?

बिहिबार, १ असोज २०७७

काठमाडौँ – मन्त्रिपरिषदको बैठक सकिएको छ। मन्त्रिपरिषदको बैठकले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको छ । यसका अलवा मन्त्रीपरिषदमा रहेको अन्य विषयका विषयमा कुनैपनि छलफल नभएको एक मन्त्रीले बताए । नेपाल विद्युत प्राधिकरणको कार्र्यकारी निर्देशकमा निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव पेश भएको भएपनि कुनै निर्णय नभएको मन्त्रीले बताए ।

उनले भने, ‘विभुषण बाहेक अन्य महत्वपूर्ण कुनै निर्णय भएको छैन ।’