अखिल क्रान्तिकारी बाँकेले गर्यो रत्तदान
काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले रक्तदान गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण रगतको अभाव देखिएपछि रत्तदान गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
सिकिस्त विरामीले रगत अभानवका कारण अगालमै ज्यान गुमाउन परेको भन्दै बिहिबार अखिल क्रान्तिकारीले रत्तदान गरेको हो । बिश्वभरी फैलिएको महामारीले गर्दा देशभरका साथै बाँके जिल्लाका अस्पतालमा समेत रगतको अभाव भएपछि रत्तदान गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
रक्तदान कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । संगठनको केन्द्रिय निर्देशन अनुसार भेरी– कर्णाली ब्युरो अन्तर्गत रहेको बाँके जिल्लामा करिब ३० जनाले रुत्तदान गरेको अखिल क्रान्तिकारी भेरी कर्णाली व्युरो इन्चार्ज पुष्पराज न्यौपानेले बताए ।
अखिल क्रान्तिकारीले देशभर रत्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरिरहेको छ ।





