कीर्तिमानी आरोही आङरिता शर्पाको निधन

सोमबार, ५ असोज २०७७

काठमाडौं – ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

उहाँ सु(प्रबल गोरखा दक्षिण बाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुभएको थियो विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।