विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो
काठमाडौं – विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार तीन सय ३९ पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यसमध्ये दुई करोड २८ लाख ३५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
चीनको वुहानमा गत वर्ष पहिलोपटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशमा क्रमशः अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा पनि संक्रमण बढेको देखिएको छ ।