काठमाडौं उपत्यकामा थप ६७४ जना कोरोना संक्रमण पुष्टि

सोमबार, ५ असोज २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ९५३३ जनाको पिसिआर परीक्षण गरिएको छ।

नेपालमा थप ११५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ६५२७६ पुगेको छ।