नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप
गुल्मी – गुल्मीमा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी ६ जना घाइतेृ भएको छन ।
आफ्ना कार्यकर्ता कुटपीट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरी र उनीहरुबीच झडप भएको जनाइएको छ ।
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी र प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निम्न माध्यमिक विद्यालयको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको थियो । यस विषयमा नेकपासँग बिबाद बढ्दै गएपछि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।